बागलुङ समपोखरा ताललाई प्रचारप्रसार र संरक्षणको अभाव

काठमाडाैं | पुस २३, २०७९

बागलुङ समपोखरा ताललाई प्रचारप्रसार र संरक्षणको अभाव

बागलुङ:  बागलुङको गलकोट नगरपालिका–३, हटियाको समपोखरामा रहेको समपोखरा ताल सुन्दर छ तर यहाँ दर्शक आकर्षित छैनन्। 


हटिया बजारदेखि करिब सात किलोमिटरमाथिको समथर ठाउँ समपोखरामा रहेको ताल प्रचारप्रसार र संरक्षणको अभाव छ। यस क्षेत्रमा पानीका मुहानको प्रमुख स्रोत समपोखरा ताल हो। पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटकीय महत्व बोकेको तालको संरक्षण तथा प्रचारप्रसार हुन सकेको छैन।


संरक्षण गर्न नसक्दा ताल पुरिएर विगतको क्षेत्रफल घट्दै जान थालेको स्थानीय जयबहादुर दर्जीले बताउनुभयो। ताल ५० मिटर लम्बाइ र १५ मिटर चौडाइ क्षेत्रमा फैलिएको छ। विगतमा उक्त ताल अझै ठूलो क्षेत्रमा फैलिएको थियो। बर्खाको भेलले ल्याउने माटो ढुङ्गाले तालको गहिराइ पनि पुरिएको दर्जीले बताउनुभयो। 


उहाँले भन्नुभयो, “पहिले–पहिले तालले एक मान्छे डुब्याउँथ्यो, अहिले भल जति सबै यसमा पर्दा कम्मरसम्म पानी आउँछ।” समपोखरा ताल तल्लो बस्तीका लागि पानी मूलको रिचार्ज सेन्टर (पुनर्भरण केन्द्र) हो। तालमा पानी कम हुँदा ताल तल रहेका पानीका मूल सुक्ने तथा पानी कम आउने गरेको स्थानीय सन्तबहादुर खत्रीको भनाइ छ। ताल समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा छ। समपोखरा वरपरको जङ्गलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो हो। गलकोट मन्दिरदेखि दुई किलोमिटरको दूरीमा रहेको ताल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएको गलकोट नगरपालिका–३ का वडाध्यक्ष फमबहादुर खत्रीले बताउनुभयो। 


तालको मौलिकता नमासिने तथा मूलमा क्षति नपुग्ने गरी त्यसको क्षेत्रफल वृद्धि तथा संरक्षणका लागि आवश्यक संरचना तयारको योजना बनाएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो। उक्त तालमा पानीको स्रोत तालभित्रैकै मूल हुन्। “यो प्रकृतिको अनुपन उपहार हो,” वडाध्यक्ष खत्रीले भन्नुभयो, “कृत्रिम तालमा रमाउने पर्यटकलाई प्राकृतिक ताल देखाउने योजना छ। राज्यले प्राकृतिक सम्पदाको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ। 


यस क्षेत्रमा माओवादी सशस्त्र द्वन्द्व सुरु हुनुपूर्व चैतेदशैँमा ठूलो मेला लाग्ने गरेको थियो। द्वन्द्वको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न नसकिएको खत्रीले बताउनुहुन्छ। समपोखरा ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ। परापूर्वकालमा यस क्षेत्रमा देवीदेवताको आश्रयस्थल रहेको स्थानीय बताउँछन्।

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना आजको समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको बताएका छन् ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही ग...

थप पढ्नुहोस्

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्न...

थप पढ्नुहोस्